Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


आरआरमा स्ववियु निर्वाचन सम्पन्न


0
Shares

निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेको स्ववियुका निवर्तमान सभापति राजकुमार हमालले जानकारी गराए ।

दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो ।

निर्वाचन गराउन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

साँझ ६ बजेबाट ६ स्थानमा मतगणना भइरहेको छ । तीन घन्टाभित्र निर्वाचन परिणाम घोषणा गर्ने तयारी रहेको छ ।

८ वर्षपछि यहाँ स्ववियु निर्वाचन भएको हो ।

निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी संघबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भएको छ । रासस