Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पैसा लुटेको आरोपमा प्रहरी हवल्दार नै पक्राउ


0
Shares

जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो ।

देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको रु दुई लाख लुटेका थिए ।

लुटपाटमा संलग्न हवल्दार पासवानलाई स्थानीयवासीले चिनेर जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी गरेपछि प्रहरीले मालपोत कार्यालयको पछाडि रहेको हवल्दार पासवानको डेराबाट खानतलासी गरी सो रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

हवल्दार पासवानलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी अनुसन्धान गरिरहेको बताइएको छ । (रासस)