
भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुङ्गा प्रहार गरी हत्या गरेर शव साढे तीन सय मिटर तल भीरमा फालेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।
शाह नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् । अज्ञात समूहले आक्रमण सुरु गरेपछि शाहसँगै रहेका अन्य तीनजना भने भाग्न सफल भएका थिए ।
साथीहरुसँग इभिनिङ वाकमा रहेका शाहलाई अचानक आक्रमण भएको थियो ।
साथीहरुलाई समेत आक्रमण गरेर भाग्न मौका दिएका उनीहरुले शाहलाई भने घेरावन्दी गरि ढुङगामुढा गरेर लडाएका थिए । प्रहरीले हत्यामा संलग्नको खोजी भइरहेको जनाएको छ ।
पाँचतारा यूवा संरक्षण मञ्चका नामक गैरसरकारी संस्थाका अध्यक्ष शाही जाजरकोटमा यूवाहरुमाझ लोकप्रिय थिए ।
उनीमाथि केहि महिना पहिले विप्लव माओवादीका कार्यकर्ताले चन्दा माग्ने क्रममा धम्क्याएका थिए । चन्दा दिन अस्विकार गरेका शाहलाई त्यसबेलामा माओवादी कार्यकर्ताहरुले धम्क्याएर गएका थिए ।
प्रतिक्रिया दिनुहोस्