Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण, यस्तो छ तलब सुविधा


0
Shares

-हरी शर्मा र अनिल तिवारी(ईमेज)

स्थानीय तह निवार्चनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुल्ला गरेपछि देशभर निवेदन दर्ता गराउने युवाहरुको ठुलो भिड देखिएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन अहिले देशका पचहत्तरै जिल्लाका बेरोजगार युवावर्ग लागिपरेका छन् । स्थानीय तहको निर्वाचन हुन नदिन मधेशी मोर्चाले अहिले पनि तराईका जिल्लाहरुमा आन्दोलन गरिरहेका छन् ।

तर तराईका जिल्लाहरुमै मधेशी युवाको आकर्षण म्यादी प्रहरीमा देखिएको छ । मधेसी मोर्चाको बाहुल्यता रहेको बारा, पर्सा, धनुषा, महोत्तरी, रौतहट, नवलपरासीलगायतका जिल्लामा मधेशी युवाहरु म्यादी प्रहरीमा जान आकर्षित देखिन्छन् ।

निवेदन आह्वान भएको तीन दिनमै पर्सामा १ हजार ६१ जनाले निवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नवलपरासीमा त महिलाको संख्या २० प्रतिशतको हाराहारीमा छ । म्यादी प्रहरी भर्नावारे खासै प्रचार प्रसार नभएपनि निवेदन दर्ता गराउन दैनिक दर्जनौं संख्यामा युवाहरु जिल्ला प्रहरी कार्यालय पर्सामा आउने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराई बताउँछन् ।

१८ वर्षदेखि ५४ वर्ष मुनीका समान्य लेखपढ गर्न सकिनेलाई म्यादी प्रहरी भर्नाको लागि योग्यता तोकिएकिए पनि स्नातक पास गरेका मधेसी युवाहरुले पनि निवेदन दर्ता गराएका छन् ।

चैत १८ गतेसम्म म्यादी प्रहरीका लागि निवेदन संकलन गरिने र चैत्रको तेस्रो सातादेखि प्राप्त निवेदनबाट योग्य व्यक्तिलाई छानिने प्रकृया सुरु हुने छ ।

म्यादी प्रहरीका लागि योग्य ठहरिएका प्रतियासीलाई प्रहरी जवानले पाउने ७५ दिनको तलब र रासन खर्च सरकारले उपलब्ध गराउने जनाएको छ ।

हाल प्रहरी जवानले मासिक तलब बापत १६ हजार र तराईमा राशन बापत पाँच हजार ७० रुपैयां पाउने गरेका पनि चुनावमा खटीने म्यादी प्रहरी छानिएकाहरुले ७५ दिनको ५२ हजार रुपैयाँ पाउने छन् ।