एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मंगलबार राजविराजस्थित आफ्नो घरमा निजी कामले गएकोबेला मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको समूहले घेराबन्दी गर्ने, गालीगलौज गर्ने र दुर्व्यवहार गर्ने प्रयास गरेको भनी खेद व्यक्त गरिएको छ ।
आक्रमणबाट जोगाउन प्रहरी प्रशासनले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै पार्टीले मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढंगले प्रस्तुत् हुन आग्रह गरेको छ । रासस









प्रतिक्रिया दिनुहोस्