Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


शाह हत्याको विरोधमा जाजरकोटको बजार बन्द


0
Shares

हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै सदरमुकाम बजार बन्द गरिएको हो ।

नेपाली कांग्रेस जाजरकोटले हत्यारालाई छिटोभन्दा छिटो पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको छ ।

२४ घन्टाभित्र प्रशासनले कुनै कदम नचाले थप आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।

नेवि संघका नेता रविन्द्र शाहको मंगलबार साँझ जाजरकोटमा अज्ञात समूहले ढुंगा प्रहार गरी निर्मम तरिकाले हत्या गरेको थियो ।

भेरी नगरपालिका–३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुंगा प्रहार गरी हत्या गरेर शव साढे तीन सय मिटर तल भीरमा फालेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।

अज्ञात समूहले आक्रमण सुरु गरेपछि शाहसँगै रहेका अरु तीनजना भने भाग्न सफल भएका थिए ।

प्रहरीले हत्यामा संलग्नको खोजी भइरहेको जनाएको छ ।  

 

Skip This