Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सुर्खेतमा कोटीहोम महायज्ञ


0
Shares

देउती बज्यै मन्दिरको हाताभित्र सुविधा सम्पन्न धर्मशाला र विवाहमन्डप निर्माणार्थ सहयोग जुटाउने उद्देश्यका साथ कोटिहोम महायज्ञ सुरु गरिएको हो ।

महायज्ञको उद्घाटन गर्दै क्षेत्रीय प्रशासक विगेन्द्रराज शर्मा पौडेलले बढ्दो विकृति र विसंगतिलाई न्यूनीकरण गर्न यस्ता धार्मिककार्य हुनु आवश्यक रहेको बताए ।

उनले परम्परागत धर्म, सस्ंकृतिको सरंक्षण र सामाजिक काममा सबै जनताको दायित्वबोधका लागि कोटिहोम महायज्ञले ठूलो सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

आगामी वैशाख १ गतेसम्म सन्चालन हुने महायज्ञमा भूमिपूजा, पितृउद्धार, ज्ञानमय सप्ताह, संगीतमय प्रवचन, भजनकीर्तन र राष्ट्रशान्तिका लागि पूजन गरिने बताइएको छ ।