Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


कार्यकारी अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या


0
Shares

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको २०७३ साल चैत ४ गतेको निर्णयबाट चौदण्डी नगरपालिकामा सरुवा भएका राजेन्द्रबहादुर अधिकारी १४ दिन बित्दासमेत कार्यालयमा हाजिर भएका छैनन् ।

साविक बेल्टार बसाहा नगरपालिका साथै चौदण्डी, सिद्धिपुर, सुन्दरपुर र हडिया गाविस मिलाएर चौदण्डीगढी नगरपालिकाको संरचना तयार भएको हो ।

कार्यकारी अधिकृतको अनुपस्थितिका कारण विकास निर्माणको कामले गति लिन सकेको छैन भने सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउन समेत समस्या भएको छ ।