बाग्लुङमा सञ्चार क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा रहेका आमाहरुलाई सचेतना प्रदान गर्दै आएसँगै उनीहरु सक्रिय बनेका हुन् ।
‘दुर्व्यसन विरुद्ध आमाहरु’ अभियान थालेपछि बाग्लुङका आमाहरु उत्साहित भएका हुन् । गर्भदेखि नै छोरा छोरीसँग आमाको बढी सम्बन्ध हुने र अधिकांश समय छोराछोरीकै साथमा रहने भएकाले आमाहरुलाई दुर्व्यसन सम्बन्धी सचेतना प्रदान गर्ने अभियान थालिएको हो । यसले दुर्व्यसन नियन्त्रणमा धेरै सहयोग पुगेको बाग्लुङबासी बताउँछन् ।
समाज रुपान्तरण गर्ने र मुलुक सञ्चालन गर्ने युवा पुस्ता विभिन्नखाले कुलतमा लागेर अन्यौल ग्रस्त अवस्थामा पुगेको भन्दै सहकारी र प्रहरी कार्यालयको समन्वयमा अभियान थालिएको आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसी बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्