म्यादी प्रहरीमा भर्ना हुनेले नेपाल प्रहरीको जवानसरह सेवा सुविधा पाउने भएपछि युवायुवतीदेखि पाका उमेरका व्यक्तिसमेत आकर्षित भएका छन् ।
सदरमुकाम तानसेनमा बिहान ९ बजेदेखि नै म्यादी प्रहरीको आवेदन दिनेको लाईन नै लाग्ने गरेको छ । २० वर्षदेखि ५० वर्ष उमेर समूहका व्यक्तिले तानसेनमा म्यादी प्रहरीको लागि आवेदन दिएका छन् ।
म्यादी प्रहरीमा भर्ना हुन ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने भए पनि कतिपय स्नातकोत्तर अध्ययन गर्दै आएकाहरुले समेत आवेदन दिएका छन् । अधिकांश भने प्लस टु पास गरेकाहरुले आवेदन दिएका छन् ।
पाल्पामा हालसम्म ८ सयले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्