Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रधानमन्त्री दाहालसँग नवनियुक्त भारतीय राजदूतको पहिलो भेट


0
Shares

बिहीबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिए ।

प्रधानमन्त्री दाहालसँग नवनियुक्त राजदूत पुरीको यो पहिलो भेट हो ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे ।

राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए ।

जिम्मेवारी सम्हालेलगत्तै राजदूत पुरी राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । उनले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायतसँग भेटवार्ता गरिसकेका छन् ।