Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


कन्चनपुर घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्न संसदीय टोली अस्पतालमा


0
Shares

समितिले बिहीबार शिक्षण अस्पताल महारागन्जमा उपचाररत् चापागाइँलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । चापागाइँलाई चैत १२ गते उपचारका लागि काठमाडौं ल्याएको हो ।

गत फागुन २६ गते नेपाल–भारत सीमा क्षेत्र कन्चनपुरको पुनर्वासमा भारतीय प्रहरीको ज्यादतीविरुद्ध संघर्ष गर्नेक्रममा उनी घाइते भएका थिए ।

टाउको र ढाडमा चोट लागेका उनको उपचारमा सरकारले आर्थिक सहयोग गरेको छ ।

घरमा कमाउने व्यक्ति आफूमात्रै भएको भन्दै उनले छोरीहरुको पठनपाठनमा सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् ।

कन्चनपुरको पुनर्वासमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ ।