Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


शोकप्रस्ताव पारित गर्दै संसद बैठक २५ गतेसम्मका लागि स्थगित


0
Shares

                                                                                    फाइल फोटो
नेकपा एमालेको तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित भएकी सांसद देवीको यही चैत १० गते निधन भएको थियो ।

भारतको सीतामढीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी ४६ वर्षीया सांसद देवीको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचारकोक्रममा निधन भएको हो ।

संसदले उनको असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकप्रस्ताव पारित गरेको हो ।

बैठकले शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ । उनले नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन् । उनको आत्माको चिरशान्तिको कामनासहित बैठकमा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

बिहीबारको बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले उनको निधनसम्बन्धी शोकप्रस्ताव प्रस्तुत् गरिन् ।

व्यवस्थापिका–संसदको बैठकमा शोकप्रस्ताव पारित भएपछि अरु कार्यसूची नराखिने प्रचलन रहिआएको छ ।

व्यवस्थापिका–संसदको अर्काे बैठक यही चैत २५ गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस

Skip This