काठमाडौं, असार ५ । नागरिकता विधेयकबारे टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि शनिबार बस्नेछ ।
यसअघि शुक्रबार प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग छलफल गरेका थिए ।
दुबै नेताले सचिवालय बैठकपछि विधेयकमा के गर्ने भन्ने जानकारी गराइने बताएका थिए । विहीबार प्रधानमन्त्री ओलीले यसैबारेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।
समितिले ५ दिनभित्र सहमति जुटाउन सरकारलाई समय दिएको छ । शुक्रबार बालुवाटारमा भएको छलफलमा वैवाहिक अगीकृत, अंगीकृत नागरिकता र थर परिर्वतनबारे छलफल भएको जनाइएको छ ।
समितिकी सभापति शशी श्रेष्ठले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नगरिकता दिने प्रस्ताव समिति बैठकमा गरेपछि कांग्रेसले संविधानमा रहेको पुरानै व्यवस्था कायम राख्नुपर्ने अडान राखेको छ ।





प्रतिक्रिया दिनुहोस्