काठमाडौं, फागुन १३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तीनओटै तहमा कामको अवरोध नगर्नका लागि छुट्टा–छुट्टैरुपमा काम सुरु गरेको बताएकी छन् ।
सोमबार सिंहदरबारमा बसेको कृषि समिति बैठकमा उनले भूमि व्यवस्थाको सुधार संघबाट सुरु भइ प्रदेश र स्थानीय तहमा पुग्ने बताइन् ।
उनले जनताको हितमा काम गर्नेपनि बताइन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको सुधारका लागि नीतिगत व्यवस्थामा सरकार लागेको उनको भनाइ छ ।
उनले भूमिको चक्लाबन्दी राष्ट्रियकरण गर्ने दिशामा सरकार अघि बढ्ने सोचमा नरहेको स्पस्ट पारिन् ।
मन्त्री आर्यालले यसअघि भएका कामको निरन्तरता सरकारले दिनेपनि स्पस्ट पारिन् ।
उनले भूमि सुधारका काममा ढिलाइ नगरिकन व्यवस्थित गर्नका लागि नै मन्त्रालयले आगामी काम तय गर्ने जिकिर गरिन् ।
भू–उपयोगसम्बन्धी विधेयकमाथि भएको छलफलमा उनले जग्गाको वर्गीकरण र उपयोगका लागि संयन्त्र निर्माण गरिने ऐन निर्माण हुनेपनि बताइन् ।









प्रतिक्रिया दिनुहोस्