Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


ताप्लेजुङमा अंगीकृत नागरिकता लिनेको संख्या बढ्दो


0
Shares

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यो वर्ष अहिलेसम्म १ सय २९ जनालाई वैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भगिमान मादेनका अनुसार अघिल्लो वर्ष १८ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएकोमा यो वर्ष चैत दोस्रो सातासम्म १ सय २९ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका हुन् ।

अंगिकृत नागरिकता लिनेमा सबैभन्दा बढी भारतबाट र त्यसपछि चीनको तीब्बतबाट नेपाली पुरुषसँग विवाह गरी आउने महिला छन् । अंगिकृत नागरिकता लिनेको संख्या बढिरहँदा यो वर्ष आमाको नामबाट नागरिकता लिने एक जनामात्र रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

२०६६ सालमा पापुङका पासाङ शेर्पाले आमाको नामबाट नागरिकता लिएकोमा यो वर्ष दोखु गाविसकी मैना लिम्बुले मात्र आमाको नामबाट नागरिकता लिएको कार्यालयले जनाएको छ ।