१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


नेप्से साढे ७ अंकले बढेर ११ सय ९ कायम


0
Shares

काठमाडौं, फागुन १३ । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहेको सेयरबजारमा सोमबार सामान्य सुधार आयो ।

उतार–चढावबीच परिसूचक नेप्से साढे ७ अंकले बढेर ११ सय ९ कायम भयो ।

यसदिन कारोबार भएका सबैजसो समूह उकालो लागेसँगै नेप्सेपनि सुधारिएको हो ।

यसदिन जीवनबिमा समूह सबैभन्दा उच्च ७२ अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूहपनि ६० अंकले बढ्यो ।

यसैगरी, उत्पादनमूलक, अन्य, लघुवित्त समूहपनि दोहोरो अंकले उक्लिए । वित्त समूह नगन्य अंकले ऋणात्मक रह्यो ।

यसदिन १६६ कम्पनीका ७ लाख २० हजार कित्ता सेयर जम्मा २० करोड ३८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।