पहिलो किस्ता बुझेका उत्तरगया गाउँपालिकाको ठूलो गाउँका बासिन्दाले पर्म गर्दै पुनर्निर्माणको कामलाई अगाडि बढाएका हुन् । गाउँघरको प्रचलन अनुसार पर्म गर्दै अहिले त्यस ठाउँमा १ सय ३२ वटा नीजि आवास निर्माण भईरहेका छन् ।
स्थानीयले पर्म गरेरै ९ वटा घर निर्माण गरिसकेका छन् । साविकको ठूलोगाउँ गाविसका ४ सय ४३ वटा घर निर्माणको जिम्मा पाएको नेपाल रेडक्रस सोसाईटी रसुवाले यसै आर्थिक वर्षभित्र ५० प्रतिशत आवास निमार्ण गरिसक्ने जनाएको छ ।
सरकारले तोकेको मापदण्डअनुसार आवास निर्माणको काम भइरहेको जिल्ला समन्वय समिति रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका अनुसार हालसम्म जिल्लामा सात सय एकवटा घर निर्माण सम्पन्न भइसकेका छन् ।
अहिले एक हजारभन्दा बढी घर निर्माणाधीन अवस्थामा छन् । जिल्लाका धेरै स्थानमा बनाइएका घर मापदण्डअनुरूप भए÷नभएको भने यकिन तथ्यांक भवन निर्माण डिभिजन कार्यालयसँग छैन । तर, धेरैजसो भूकम्प प्रभावितले गाउँमा दक्ष कामदारको अभाव भएकाले व्यक्तिगत आवास पुनर्निर्माणको काम गाउँघरमा पर्म लगाएर आलोपालो गरि गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्