३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा


0
Shares

नियन्त्रणमा लिएकाहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ रहेका छन् ।

मधुवन नगरपालिका–३ दशगजा पिलर नं. ८२ नजिकैबाट भारतीय वन रक्षक गस्ती टोलीले उनीहरुलाई बिहीबार राति नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

भारतीय जङ्गलबाट १० फिट लामो दुईवटा काठको गोलिया लिएर नेपाल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाबी भारतीय कतर्निया वन्यजन्तु आरक्ष टोलीको छ । रासस