Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


भारतीय सेनाध्यक्ष स्वदेश फिर्ता


0
Shares

सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाइ गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष रावतलाई नेपाली मानार्थ महारथीको दज्र्यानी प्रदान गरेकी छिन् ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष रावतले प्रधानमन्त्री, रक्षामन्त्री तथा प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरेका थिए ।

सेनाध्यक्ष रावतको भ्रमणले दुई देशबीच रहँदै आएको सौहाद्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार गर्न थप मद्दत पुर्‍याएको नेपाली सेनाले विश्वास लिएको छ । रासस