Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चन्दा संकनल गरेर पहाडमा सडक तर मापदण्ड विपरित(भिडियो हेर्नुहोस)


0
Shares

-टेकराज अवस्थी/ईमेज

सरकारले बजेट नदिए स्थानीयस्तरबाटै चन्दा संकलन गरेर भएपनि घरदैलोमै यातयातका साधनहरु पुगाउन प्रतिस्पर्धा जस्तै भएको छ । तर त्यस्ता सडक मापदण्ड बिपरित हुंदा जोखिम पनि त्यत्तिकै बढेको छ ।

सुदूरपश्चिमका अधिकांस ग्रामिण सडकहरु मापदण्ड विपरित निर्माण भएका छन् । स्थानीयले मनोमानी सडक निर्माण गर्दा सुदूरपश्चिमका ८० प्रतिशत भन्दा बढी सडक मापदण्ड विपरित निर्माण भएको जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ ।

सडक खन्दा चौडाई नभएको, मोडहरु नमिलाईएको, उकालो ओरालोको ग्रेड नमिलाएको, धेरै घुमाउरो र अन्धाधुन्ध खनिदाँ कुनै पनि मापदण्ड पुरा नभएको स्वं उपभोक्तानै बताउंछन  ।

प्राबिधिकहरुको परामर्श बिना नै सडक निर्माण गर्ने प्रवृतिका कारण पनि ग्रामिण सडक मापदण्ड अनुसार निर्माण हुन नसकेको हो ।

यातायात संचालनका लागि पुरा हुनु पर्ने मापदण्ड पुरा नगरी डोजरबाट अन्धाधुन्ध सडक खनिदाँ सुदूरपश्चिम पहाडका ८० प्रतिशत सडकहरु उच्च जोखिममा छन् ।

सरकारले बर्षेनी अबौं रुपैयां खर्च गरे पनि ग्रामीण सडकहरुमा ग्रेड नमिलाई निर्माण भएका कारण यात्रा जोखिम मोलेर यात्रा गर्नु परेको बाध्यता छ भने व्यवसायीहरु ज्यान जोखिममा राखेर यातायात संचालन गरिरहेका छन ।

उपभोक्ता समितिका पदाधिकारीहरु आफ्नो मनोमानी अनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरेका कारण यातायात संचालनको मापदण्ड अनुसार सडक निर्माण नभएका हुन् ।

गाउँ विकास समिति, जिल्ला विकास समिति, नगरपालिकादेखि संसद विकास कोषको रकमवाट निर्माण भएका अधिकांश सडक मापदण्ड पुरा नभएरै निर्माण भइरहेका छन् ।

साँघुरो, जोखिम पुर्ण र मापदण्ड बिपरितका सडकहरुको सुधारमा उपभोक्ता र सम्बन्धित निकायको ध्यान नजाँदा समस्या थपिदै मात्र गएको छैन सर्बसाधारणहरु दुर्घटनाको शिकार बन्न बाध्य भएका छन ।