महिला तथा बालबालिका कार्यालय काठमाडौंको सहयोगमा समितिले जेष्ठ नागरिकलाई सम्मान साथै परिचय पत्र वितरण गरेको हो ।
परिचय पत्र पाउनेमा ८० बर्षभन्दा माथिका १५ जना बृद्धबृद्धा छन् भने अन्य ६० बर्ष उमेरभन्दा माथिका छन् ।
जेष्ठ नागरिकलाई उपलव्ध गराइएको परिचय पत्र लिन सम्बन्धित कार्यालयमै जानु पर्ने भएपनि अधिकांश बृद्धबृद्धा शारिरिक रुपमा जान नसक्ने हुंदा समितिको पहलमा एकमुष्ठ वितरण गरिएको हो ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता अधिकारीले बृद्धबृद्धालाई कार्ड उपलव्ध गराउनुभएको थियो । कार्यक्रममा स्थानीय समाजसेवीहरुले बृद्धबृद्धालाई खादा, दोसल्ला र फलफुल सहयोग गरेका थिए ।
घर टोलमै कार्ड पाएपछि बृद्धबृद्धा पनि निक्कै खुसी देखिन्थे । समितिले टोलको सामाजिक कृयाकलापमा सहयोग गर्नुका साथै जेष्ठ नागरिकहरुको स्वास्थ्यको ध्यान दिंदै निशुल्क योग शिविरको समेत व्यवस्था गरेको छ ।
समितिले बिभिन्न योग गुरुहरु बोलाएर दैनिक एक घण्टा योग शिविर संचालन गरिरहेको छ ।
सरकारले उपलव्ध गराएको कार्डबाट बृद्धबृद्धाले यातायात, अस्पताललगायत सरकारी कार्यालयहरुमा ५० प्रतिशतको छुट पाउनेछन् ।
काठमाडौंमा मात्र हालसम्म २३ हजारभन्दा बढी जेष्ठ नागरिक पत्र वितरण भईसकेको छ ।










प्रतिक्रिया दिनुहोस्