काठमाडौं, फागुन १३ । आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले अहिले चीनसँग खेलिरहेको छ ।
खेल विजयका लागि नेपालले चीनलाई ७८ रनको चुनौती दिएको छ ।
बैंककमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनायो ।
नेपालको लागि काजल श्रेष्ठले १८ रन जोड्दा सीता रानामगरले ११ तथा विन्दु रावलले १० रनको योगदान दिए ।
जवाफमा ७८ रनको चुनौती पछ्याउँदै चीनले आफ्नो ब्याटिङ सुरु गरेको छ ।
प्रतियोगितामा नेपालको यो पाँचौं खेल हो । यसअघिका चारमध्ये तीन खेलमा विजयी र एक खेलमा पराजित भएको नेपाल आज चौथो जितको खोजीमा छ ।
आयोजक थाइल्यान्डसँग पराजित भएपछि नेपाल दबाबमा परेको हो ।
जारी प्रतियोगिताबाट विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालले यो प्रतियोगिता जित्नैपर्ने हुन्छ ।








प्रतिक्रिया दिनुहोस्