२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


सैफकी छोरी सारा, बलिउडको डेब्युमै कामुक दृष्य


0
Shares

सारा करिनाको आफ्नै छोरी भने होइन । करिनाको सौतेनी अर्थात् सैफको जेठी श्रीमती अमृताको छोरी हुन् ।

सोसियल मिडियामा आफ्नो कामुक फोटाहरु पोस्ट गरेर एकाएक चर्चामा आएकी सारा सुन्दरता र बौद्धिकतामा अरु बलिउड हिरोइनभन्दा कम छैनन् ।

भर्खर २३ वर्ष लागेकी सारालाई अब आउने ‘स्टुडेन्ट अफ द एअर–२’मा करण जौहरले ‘ब्रेक’ दिन लागेका हुन् ।

भारतीय सन्चारमाध्यमहरुकाअनुसर उनले फरक तीनओटा कामुक दृष्यमा विकिनी लगाएर अभिनेता टाइगर श्राफसँग रोमान्स गर्ने भएकी छन् । करण जौहरले डेब्युमै उनलाई सबै जवानी देखाउने तयारीमा लागेका छन् ।

सन् १९९३ को सेप्टेम्बरमा जन्मिएकी सारा बलिउडमा भविष्य बनाइसकेका कलाकारका परिवारिक पृष्ठभूमिमा सबैभन्दा कम उमेरको पिंढिमा पर्छिन् ।

बलिउडमा धेरै हिरोइनहरुको भविष्य कोरिसकेका निर्देशक करण जौहरले धर्म प्रोडक्सनको सहकार्यमा सारालाई मौका दिएका हुन् ।

करण जौहरले सारालाई बलिउड क्षेत्रको कामुकतालाई नयाँ अध्यायबाट सुरु गर्ने र त्यसमा साराको ‘बोल्ड’ शैली उतार्ने बताएका छन् ।

छोरीको बलिउड डेब्युलाई लिएर बाबु सैफ अली खानले कुनै समस्या नभएको र आफूले सकेको सहयोग गर्ने बताइसकेका छन् ।

साथै, उनले करणको निर्देशनमा काम गर्न लागेकीले बलिउड करिअरमा छोरी सफल हुनेमा आफु ढुक्क भएको बताएका छन् । (एजेन्सी)