Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


ओली मधेसविरोधी : देउवा


0
Shares

सुनसरी क्षेत्र नम्बर–२ ले शनिबार इटहरीमा गरेको क्षेत्रीय सम्मेलनमा सभापति देउवाले एमालेले मधेसी जनताका आवाज सुन्नै नचाहेको आरोप लगाए ।

उनले ‘एमाले अध्यक्ष केपी शर्मा ओली मधेसविरोधी’ भएको भन्दै सबै जनतालाई एकजुट बनाउने अभियानमा कांग्रेस लागेको स्पस्ट पारे ।

एमालेले पहाडिया राष्ट्रवादको कुरा उठाएको उनको भनाइ थियो ।

सभापति देउवाले मधेसी जनताको हक, अधिकार स्थापित गर्न संविधान संशोधन गराउने प्रयासमा कांग्रेस लागेकोसमेत बताए ।

संविधान संशोधनमा बाधक नबन्न उनको आग्रह थियो ।

 

Skip This