फाइल फोटो
एमालेको निर्वाचन रणनीतिबारे प्रशिक्षण दिन विदुर आएका एमाले नेता नेवाङले पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतामा मधेसवादी दलहरु सहमतिमा आइसकेकाले स–साना विषयमा रहेका असमझदारीलाई छलफलमार्फत् समाधान खोज्न सुझाव दिए ।
नयाँ संविधान कार्यान्वयनका लागि स्थानीय तहसहित आगामी माघ ७ भित्र तीन तहको निर्वाचन जसरी पनि गर्नुपर्ने बाध्यता रहेको बताउँदै पूर्वसभामुख नेवाङले भने–‘मधेसी दलकोसमेत ठूलो मेहनत र लामो समयको संघर्षकारुपमा निर्माण भएको संविधान कार्यान्वयन गराउन र निर्वाचनलाई सफल बनाउन उहाँहरुको भूमिका पनि महत्वपूर्ण रहेको छ । चुनावमा सहभागी हुनुको विकल्प छैन ।’
दशकौंदेखिको संघर्षबाट प्राप्त संविधानको संरक्षण र कार्यान्वयन गर्नु सबैको दायित्व रहेको उनको भनाइ थियो ।
आसन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो नम्बरको पार्टी बन्ने र तराईका जिल्लामासमेत राम्रो प्रभाव छाड्ने दाबी पनि उनले गरे । रासस





प्रतिक्रिया दिनुहोस्