Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


कांग्रेसद्वारा स्थानीय निर्वाचन घोषणापत्र तयारी समितिलाई पूर्णता


0
Shares

केन्द्रीय कार्यसमितिको गत आइतबारको बैठकको निर्णयानुसार गठित उक्त समितिलाई ३५ सदस्यीय बनाएर शनिबार पूर्णता दिइएको हो ।

घोषणापत्रलाई अन्तिमरुप दिन समितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यसँग परामर्श गर्नुका साथै पार्टीबाट मन्त्रिपरिषदमा सदस्य रहेका सबै मन्त्री घोषणापत्र तयारी समितिका आमन्त्रित सदस्यकारुपमा रहने उक्त पार्टीले शनिबार जनाएको छ ।

समितिले पार्टीका सांसद र संसदीय दलसँग परामर्श गर्ने कार्यविधि अवलम्बन गर्ने तथा सबै भ्रातृ एवं शुभेच्छुक संस्थाका सभापति/अध्यक्षलाई छलफलमा आमन्त्रण गर्ने, पार्टीका विभिन्न तह/निकायबाट सुझाव आह्वान गर्नेछ ।

त्यसैगरी, समितिले पार्टीनिकटका बुद्धिजीवी प्रबुद्ध वर्गसँग विषयगत परामर्श गर्ने जनाएको छ ।

उक्त समितिका सदस्यमा रामशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, नारायण प्रकाश साउद, डा. शेखर कोइराला, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, प्रदीप पौडेल, विश्वप्रकाश शर्मालगायत छन् । रासस

विज्ञप्ति पढ्नोस्