Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘गाउँपालिकाको केन्द्र तकसेरा नभए स्थानीय तहको निर्वाचन बहिस्कार’


0
Shares

                                                                             फाइल फोटो

गाउँपालिकाको केन्द्र अन्यत्र बनाएर निर्वाचन गर्न खोजे कडा प्रतिकार गर्ने उनीहरुको भनाइ छ ।

शनिबार मुसिकोट–खलंगामा पत्रकार सम्मेलन गर्दै स्थानीयवासीले सरकारले प्रकाशन गरेको राजपत्रमा पुथा उत्तरगंगाको केन्द्र साविकको कोल गाविसमा तोकेकाले सो निर्णय सच्याउन माग गरेका छन् ।

कोललाई केन्द्र नमान्ने भन्दै स्थानीयवासीले अहिलेसम्म गाउँपालिकाको कार्यालय उद्घाटन गर्न दिएका छैनन् ।

तकसेरा आन्दोलन संघर्ष समितिका संयोजक जुद्ध बुढामगरले सबै राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ताले सदस्यतासमेत त्यागेका बताए ।

आयोगले तोकेको सबै मापदन्ड पुगे पनि राजनीतिक दल र केही व्यक्तिको स्वार्थका कारण तकसेरामा केन्द्र नबनाइएको भन्दै तकसेरावासीले गत कात्तिक महिनाबाट आन्दोलन गर्दै आएका छन् ।

केन्द्रको माग गर्दै एक हजारभन्दा बढी तकसेरावासी अहिले सदरमुकाम मुसिकोट–खलंगा आएका छन् । रासस