Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


अब सबै निर्वाचनको तयारीमा लाग्नोस्, गाउँगाउँमा माहोल तताउनोस् : नेपाल


0
Shares

                                                                                    फाइल फोटो
‘देशलाई संवैधानिक संकटबाट जोगाउन पनि आगामी माघभित्र तीनओटै निकायको निर्वाचन सक्नुपर्ने बाध्यता छ’–नेता नेपालले भने–‘अब बहाना गरेर निर्वाचनलाई अल्मल्याउनभन्दा तोकिएको समयमै निर्वाचन गर्नुपर्छ ।’

शनिबार स्याङ्जाको गल्याङमा तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘लामो समयदेखि स्थानीय निकाय कर्मचारीको भरमा रहेकाले जनप्रतिनिधि छिटोभन्दा छिटो तयार गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानु समयको माग हो’–भने ।

‘वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन्छ यसमा ढुक्क हुनोस्’–नेता नेपालले भने–‘अब सबै निर्वाचनको तयारीमा लाग्नोस् । गाउँगाउँमा माहोल तताउनोस् ।’

नेता नेपालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र कृषि उत्पादन बढाउने योजनाहरु ल्याउनुपर्नेमा पनि जोड दिए । रासस