Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चट्याङबाट सासुको मृत्यु, बुहारी घाइते


0
Shares

मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ । रासस