Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


संयोजक डा.बाबुराम भट्टराईलगायत दर्जनौं कार्यकर्ता पक्राउ


0
Shares

दलीय चुनाव चिह्न माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता तथा कार्यकर्ता आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका थिए ।

प्रहरीले डा. भट्टराईसहित हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेललगायतलाई पक्राउ गरेको हो ।

विभिन्न दलको जुलुस आयोगतर्फ अघि बढेर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको थियो ।

निर्वाचन आयोगअगाडि सयौंको संख्यामा परिचालित प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडप भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको थियो । त्यसक्रममा केही नेता तथा कार्यकर्ता घाइतेसमेत भएका छन् ।

स्थानीय तह निर्वाचन ऐनअनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाईमात्र दलीय चुनाव चिह्न दिएको छ । अरु दलका उम्मेदवारले भने दलीय चुनाव चिह्न पाउने छैनन् ।

उनीहरुले स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने हुन्छ ।