Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सहमति जुटाउन प्रधानमन्त्रीले आज पनि शीर्ष नेताहरुसँग छलफल गर्ने


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको सत्तापक्ष र मधेसी मोर्चाबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको भन्दै प्रधानमन्त्री दाहालले आज थप छलफल गरी निष्कर्ष निकाल्ने बताएका हुन् ।

प्रधानमन्त्रीले मधेसी मोर्चाका मागबारे राजनीतिक सहमतिका आधारमा निर्णय गर्ने आश्वासन दिएपछि मोर्चा लगभग सहमति नजिक पुगेका छन् ।

मोर्चाका अधिकांश माग पूरा गर्ने वचन दिए पनि बालुवाटार बैठकमा शनिबार कुनै लिखित सहमति भएन ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा अनुपस्थित रहेपछि सहमती हुन नसकेको हो ।

आजको छलफलपछि सरकारले संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित नयाँ प्रस्ताव दर्ता गरे आगामी २५ गते बस्ने संसद बैठकमा प्रक्रियाका लागि पेश गर्न बाटो खुल्ने बताइएको छ ।