Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


दलहरु सहमतिनजिक, मधेस–पहाड दुबैतिर अतिवादको खतरा : प्रधानमन्त्री


0
Shares

मधेस जातीय समन्वय समाजले आइतबार सिंहदरबारमा पुगेर बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति हुनै लागेको बताए ।

उनले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यकपर्ने भएकालेमात्र केही समस्या भएपनि अब दलहरुबीच सहमतिको विन्दू भेटिन लागेको स्पस्ट पारे ।

उनले सकभर सबै राजनीतिक दलहरुबीच सहमतिको प्रयास गरिने र त्यो नभए सरकार र मधेसी मोर्चाबीच सहमति गरेर निर्वाचनमा जाने बताए ।

उनले मधेस र पहाड दुबैतिर अतिवादको खतरा रहेको भन्दै त्यसबाट बच्नुपर्नेसमेत बताए ।