Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


नेपाली विद्यार्थीले बनाए यस्तो रोबोट, हिँड्न र बोल्न सक्छ


0
Shares

काभ्रेपलाञ्चोक, फागुन १३ । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् ।

सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अंग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थीले उनको रोबोट रुचिपूर्वक हेर्ने गर्छन् । 

सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् । अवलोकनकर्ताले ‘ह्वाट इज योर नेम ?’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ । 

‘रोबोट बनाउन एक महिना लाग्यो, स्कुलमा शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि रोबोट बनाउन शुरु गरेँ,’ सिर्जनले भने, ‘“मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अंग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।’

रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् ।