१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


तरकारीले बजार नपाएपछि किसान चिन्तित


0
Shares

कपिलवस्तु, फागुन १३ । कपिलवस्तुमा उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ठूलो लगानी गरेर व्यवसायिक खेती गर्ने किसान तरकारी बिक्री नभएपछि समस्यामा परेका हुन् ।

ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री नभएको हो । स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउने गरेको छैन ।

किसानले सदरमुकामसहित जिल्लाका अन्य साप्ताहिक हाटबजारमा लगेर तरकारी बिक्री गर्दै आएका छन् । तर त्यहाँ पनि उनीहरुले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।

पछिल्लो समय व्यावसायिक तरकारी उत्पादनको लहर चलेपछि लगानीको अनुपातमा किसानको हातमा पर्ने लाभ भने घटेको छ । सदरमुकाम तौलिहवामा मात्र दैनिक तीन मेट्रिक टन तरकारी खपत हुने गरेको छ । उत्पादन धेरै तर माग थोरै भएपछि व्यावसायिक रूपमा तरकारी खेती गर्नेहरू समस्यामा परेको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख सहसराम चौधरीले बताए । किसानहरुले भने तरकारीको बजार खोजी गरिदिन माग गरेका छन् ।