रफत सन्चार क्लबले आइतबार भक्तपुरमा गरेको कार्यक्रममा स्थानीय तह निजामती सचिव संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले मधेसी मोर्चाको अवरोधका कारण तराईका जिल्लाका वडा सचिवहरुले काम गर्न नसकेको बताए ।
उनले स्थानीय तहका वडाहरुमा करिब तीन हजार वडा सचिव रिक्त रहेकोसमेत बताए ।
७४४ स्थानीय तहमा ६ हजार ६८० वडा कायम रहेकोमा ३ हजार वडा सचिव रिक्त रहेको उनको भनाइ थियो ।
उनले स्थानीय तहको कार्यान्वयनसँगै करिब तीन हजार गाविस सचिवले दोहोरो जिम्मेवारी निर्वाह गरी स्थानीयलाई सेवा दिइरहेको बताए ।
केन्द्रका सल्लाहकार हरिप्रसाद पोखरेलले पनि वडा सचिवहरुले मधेसका जिल्लामा काम गर्न नसकिरहेको बताए ।
उनले वडा सचिवहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारलाई आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्