२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


‘सायद–२’को ट्रेलर नयाँवर्षको अवसर पारेर भव्य कार्यक्रम गरी ल्याइने


0
Shares

यस चलचित्रको ट्रेलर नयाँवर्षको अवसर पारेर गर्दै भव्य कार्यक्रमका साथ सार्वजनिक गर्न लागिएको हो ।

‘न्यू इअर इभ म्यूजिकल नाइट’ नाम दिइएको उक्त कार्यक्रममा विभिन्न विशिष्ट कलाकार तथा पत्रकारहरुकाबीच ‘सायद–२’ टिमको उपस्थितिमा ट्रेलर रिलिज गरिने फिल्मका निर्माता तथा दुर्गिश व्यानरका सुनील रावलले जानकारी गराए ।

आयोजककोरुपमा दुर्गिश फिल्मस् प्रालिसँगै ह्यापी इभेन्ट्स पनि रहेको छ । यही चैत ३१ गते साँझ ५ बजेदेखि इन्टरनेसनल क्लब, सानेपामा हुने कार्यक्रममा विभिन्न डिजेहरुको पनि प्रस्तुति रहनेछ ।

२०७४ साल असार ३० गते प्रदर्शन मिति तय भएको फिल्म ‘सायद–२’ को मुख्य भूमिकामा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे तथा निर्माता सुनील रावलकोसमेत अभिनय रहेको छ ।

दुर्गिश फिल्मको ब्यानरमा सुनील रावलले निर्माण गरेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् ।

निर्माण युनिटमा रावलका अलावा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह–निर्माताकोरुपमा रहेका छन् ।

चलचित्रको प्रिमियर जापानमा हुनेछ । आगामी मे १४ तारिखमा हुने प्रिमियरका लागि सुनील रावल, दुर्गिश थापा, सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ र सन्चारकर्मी श्याम अर्याल जापान जानेछन् ।