Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


तेह्रथुममा हावाहुरीबाट दुई घर भत्किए, दुई दर्जन बढी घरको छाना उड्यो


0
Shares

शनिबार साँझ करिब ७ बजेदेखि १० बजेसम्म निरन्तर आएको हावाहुरीका कारण जिल्लामा दुईओटा घर भत्किएको छ भने अरु दुई दर्जन घरको छानो उडाएको छ ।

हावाहुरीले संक्रान्तिबजारमा रहेको नेपाल टेलिकमको टावर भत्काएको छ भने खेतबारीमा क्षति पुर्‍याएको छ ।

आठराई र छथर गाउँपालिका तथा म्याङलुङ र लालीगुराँस नगरपालिका क्षेत्रका २३ ओटा घर तथा विद्यालयको छानो उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए ।

यस्तै, म्याङलुङ नगरपालिका–१ का अनिल राई र छथर गाउँपालिका–१ का पूर्णबहादुर विकको घर भत्किएको छ ।

संक्रान्तिबजारस्थित सशस्त्र प्रहरी बलको कार्यालयको छानो पनि पूर्णरुपमा भत्किएको छ ।

हावाहुरीले जिल्लाभरि नै व्यापक क्षति गरेकाले सबै विवरण आउन बाँकी रहेको डीएसपी ढकालले बताए ।