Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


एमालेलाई कुनै पद होइन, देश बनाउने जिम्मेवारी दिनुपर्छ : ओली


0
Shares

                                                                                 फाइल फोटो
काभ्रेको बनेपामा नवनिर्मित एमाले नगर पार्टी कार्यालय भवन पार्टीका तर्फबाट नगर कमिटीलाई हस्तान्तरण गर्दै उनले देश विकासका लागि एमालेको आवश्यकता रहेको बताए ।

‘एमालेलाई कुनै पद होइन, देश बनाउने जिम्मेवारी दिनुपर्छ’–अध्यक्ष ओलीले भने–‘हामीले पदकै लागि हानथाप गर्ने हो भने देश कहिल्यै पनि बन्दैन ।’

समृद्ध नेपालको सम्भावना पत्ता लगाएर त्यसबाट रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सम्भावनाको खोजी नगरी वैदेशिक रोजगारीलाई बढावा दिएमा देश विखन्डन हुनसक्ने विचार व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सांसदहरु गोकुल बाँस्कोटा, विदुर सापकोटा तथा टोपबहादुर तामाङले स्थानीय तहको निर्वाचनमा एमालेलाई नै अत्यधिक मतले जिताउनुपर्ने बताएका थिए । रासस