आइतबार नेपाल प्रेस युनियन डिजिटल मिडिया विभागले राजधानीमा आयोजना गरेको ‘नेपालमा अनलाइन पत्रकारिताको प्रभावकारिताबारे बहस’ तथा आइएफजेको कार्ड वितरण समारोहमा बोल्दै मन्त्री केसीले अनलाइन सन्चारमाध्यम सन्चालन निर्देशिका निर्माण गर्नेक्रममा सरकारले विवेक नपु¥याएको भए आफू जिम्मेवार रहने बताए ।
अबको युग डिजिटलको युग भएकाले पत्रकारहरुले आफ्नो सीमा र दायित्व भुल्नु नहुनेमा उनले सचेत गराए ।
कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले लोकतान्त्रिक मूल्य बुझेको सरकारले गलत नियतबाट अनलाइन निर्देशिका जारी गरेकाले यसलाई सच्याउन माग गरे ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल हाल जारी भएको अनलाइन सन्चारमाध्यम निर्देशिका फिर्ता गर्न माग गरे ।
‘सरकारको काम देश विकास गर्ने हो तर स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने होइन’–उनले भने ।
युनियनकै वरिष्ठ उपाध्यक्ष दीपक आचार्य तथा महिला उपाध्यक्ष बाला अधिकारीले ‘प्रतिगामी निर्देशिका’ तत्काल फिर्ता लिन माग गरे ।
यस्तै, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सरकारले राजपत्रमा प्रकाशित गरेको अनलाइन सन्चारमाध्यम निर्देशिका गलत प्रक्रियाबाट आएकाले अनलाइनलाई जुनसुकैबेला बन्देज लगाउने प्रतिगामी कदम भएको भन्दै विरोध जनाए ।
उनले ‘करोडौंको लगानी र सयौं पत्रकारको रोजगारी खोस्नसक्ने’ निर्देशिका तत्काल फिर्ता गर्न माग गरे ।
अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी ल्याइएको निर्देशिकाले भर्खरै फक्रँदै गरेका न्यू मिडियालाई निस्तेज गर्ने नियत प्रस्ट भएको बताए ।
उनले सरोकार नै नराख्ने ऐनमार्फत् ल्याइएको निर्देशिका फिर्ता नलिए आन्दोलन गर्न बाध्य हुने बताए ।
विभागका संयोजक युवराज गौतमको अध्यक्षता भएको कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघले उपलब्ध गराएको ‘प्रेसकार्ड’ तीन दर्जन बढी पत्रकारलाई हस्तान्तरण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्