Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


देश ध्रुवीकरणतर्फ : ओली


0
Shares

                                                                                 फाइल फोटो
एमाले काठमाडौं जिल्ला संगठन कमिटीद्वारा आइतबार राजधानीमा आयोजित पार्टी ‘सदस्यता शपथग्रहण तथा चुनावी अभियान सुभारम्भ समारोह’लाई सम्बोधन गर्दै उनले भने–‘यतिखेर यो निर्वाचन एउटा असाधारण, अभूतपूर्व र स्पस्ट ध्रुवीकरणमा हुन गइरहेको छ, यसबाट राष्ट्रियताको पक्षधर स्वाभिमानी शक्ति एकातिर र अरु तत्कालको फाइदा हेर्ने स्वाभिमान नभएका अर्कातिर ध्रुवीकृत हुनेछन् ।’

अध्यक्ष ओलीले कुनैपनि तत्वले अवरोध गरे पनि निर्वाचन अनिवार्य हुने भन्दै तीनओटै तहको निर्वाचनमार्फत् मुलुक लोकतान्त्रिक प्रणालीअन्तर्गत् चल्ने धारणा राखे ।

पछिल्लो समय एमालेप्रति जनलहर बढेको र यसबाट आत्तिएर कतिपय राजनीतिक दल निर्वाचन नहोस् भन्ने चाहनामा रहेको उनको भनाइ थियो ।

सत्तारुढ दलप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष ओलीले सरकार गठन भएको लामो समय बितिसक्दा पनि भूकम्पपीडितलाई अझैसम्म प्रभावकारी राहत उपलब्ध गराउन नसकेको आरोप लगाए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा काठमाडौंमा एमालेलाई अब्बल संगठन बनाउन निर्वाचन अभियान सुरु गरिएको बताए ।

एमाले काठमाडौं जिल्ला संगठन कमिटीका अध्यक्ष कृष्ण राईले एमालेको संगठनलाई सुदृढ ढंगले परिचालन गरी निर्वाचनमा बलियो पार्टी बनाउन सशक्त ढंगले लाग्ने बताए ।

सो अवसरमा अध्यक्ष ओलीले एक हजार २७६ कार्यकर्तालाई पार्टी सदस्यको शपथ खुवाउनुका साथै निर्वाचन अभियान परिचालनका लागि संयोजक कृष्ण राईलाई पार्टीको झन्डा प्रदान गरेका थिए । रासस