३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


धारिलो हतियारले श्रीमतीको हत्या


0
Shares

भोजपुर नगरपालिका– १० आम्तेकका ४२ वर्षीय हर्क तामाङले घरायसी विवादका कारण आइतबार आफ्नै श्रीमती मुना तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ भने हत्यापछि फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ । रासस