Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


राष्ट्रपति र प्रधानमन्त्री बीच भेटबार्ता, चुनावको तयारीबारे छलफल


0
Shares

Bidhya bhandari puspakamal dahal meeting

राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीति र स्थानीय तहको चुनावको तयारीबारे छलफल भएको हो ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले सबै दललाई समेटेर चुनावका लागि उचित वातावरण बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेकी थिइन् ।

यस्तै, प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँग जारी वार्ता सकारात्मक निष्कर्षतर्फ उन्मुख रहेको भन्दै सरकार बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताएका थिए ।