Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


‘यो देशलाई खारेज गर’ नारा लगाउने हिसिलाविरुद्ध ‘गिरफ्तार गर’ अभियान चर्कियो(भिडियो यस्तो छ)


0
Shares

गिरफ्तारीमा परेर प्रहरीको गाढीमा चढेका बाबुरामले आन्दोलन नरोकिने अभिब्यक्ती दिए तर उनकै पत्नी हिसिला यमी भने चर्को स्वरमा नारा लगाइरहेकी थिइन । उनको नारा यतिमात्र थियो ‘यो देशलाई खारेज गर ।’

नारा लगाउँदै गरेको भिडियो इमेज च्यानलले कैद गर्‍यो र इमेजखबर मार्फत यूट्युबमा सार्बजनिक भएपछि यतिबेला सामाजिक संजालमार्फत उनको विरोध भइरहेको छ ।

सामाजिक संजालमा ‘यो देशलाई खारेज गर’ भन्ने हिसिला यमीको अभिव्यक्ति विरुद्ध ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियान सुरु भएको छ ।

धेरै नेता, विद्यार्थी, पत्रकार, व्यवसायीहरुले उनको नाराप्रति चर्को आलोचना गरिरहेका छन् । कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता घिमिरे, एमालेकी पूर्व सांसद शान्ता चौधरी, हालै नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बू, पत्रकार राजकुमार रेग्मी र राष्ट्रिय भूमि अघिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले ‘हिसिलालाई गिरफ्तार गर’ अभियान चलाएका हुन् ।

फेसबुक र ट्विटरबाट उनीहरुले चलाएको यो अभियानमा भाइरल भइरहेको छ । उनीहरुले सामूहिक रुपमा एउटै कुरा लेखेका छन्– ‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् । हजारौंले यही माग र ‘एरेस्ट हिसिला यमी’ ह्यासट्यागमा विचार राखिरहेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्व मन्त्री हिसिला यमीले आइतबार राजधानीमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेपछि प्रहरी नियन्त्रणमा बसेर ‘यो देश खारेज गर’ भन्दै नारा लगाएकी थिइन् । उनले लगाएको नाराको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।