फाइल फोटो
सो स्थानमा सोमबार बिहान घुमाउने पहाडको ढिस्को एक्कासि खस्दा एकजनाको घटनास्थमै मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । साथै, एउटा ट्यांकर, ट्रक, मिनिट्रक र कारसमेत पुरिएको थियो ।
उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा सो घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेको जनाइएको छ ।
घाइतेको उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको र बाटोमा जम्मा भएको माटो, ढुंगा पन्छाउनका लागि तनहुँबाट जेविसी लोडर पठाइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस










प्रतिक्रिया दिनुहोस्