Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पाँचखालमा भएको २९ राष्ट्रका सेना सम्मिलित १५ दिने तालिम सम्पन्न


0
Shares

गत चैत ७ गतेदेखि सुरु भएको नेपालसहित २९ राष्ट्रका सेना सम्मिलित १५ दिने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले यस प्रकारको तालिमले विश्वमा शान्ति स्थापनाकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विाश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र एकताको प्रयासस्वरुप उक्त अभ्यासको आयोजना गरिएको हो ।

तालिममा शान्ति स्थापनाकार्यमा परिचालन हुँदा चुनौतीको सामना गर्न स्थलगत र उच्चतहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीकाबारेमा टेबुल अभ्यास भएको थियो ।

तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने संयुक्त राष्ट्रसंघको शान्ति सेना सन्चालन निर्देशनालयलगायतलाई प्रधानसेनापति क्षत्रीले विशेष धन्यवाद दिए ।

विभिन्न ६ लेन बनाइ आयोजना गरिएको तालिममा नेपालसहित विश्वका विभिन्न देशका विज्ञहरुसहित २९ मुलुकका ११ सय ३१ जना सैनिक सहभागी थिए ।