३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चार विदेशी पक्राउ


0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार राजधानीमा पत्रकार सम्मलेन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा निकु डियोरडिजा पा, एलेक्स, युरिया दरमेन्जी पा, युगिन्यू डियोरिजा पा रहेका छन् ।

पक्राउ परेका तीनजनासँग रोमानियाको नागरिकतासमेत रहेको र पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा बसेर एटीएमबाट रकम झिकी अमेरिकी डलर र युरोमा सटही गरी बाहिर पठाउने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले नेपाल इन्भेस्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंकबाट रकम निकालेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ७ लाख ८१ हजारभन्दा बढी नेपाली रुपैयाँ, १६ सयभन्दा बढी अमेरिकी डलर, २२ सयभन्दा बढी युरो, ४ सय ९५ थान एटीएम कार्ड, एकथान कार्ड स्किमिनीङ, डिभाइस एकथान, र ल्यापटप पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

हालसम्म एटीएम कार्ड ठगीमा चारजना रोमानियाली, तीनजना टर्किस, दुईजना बुल्गेरियन, दुईजना भारतीय र चारजना माल्दोभियन गरी १५ जना विदेशी पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।