काठमाडौं, फागुन १२ । साताको सुरुको दिन आइतबार पनि सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ जारी रह्यो ।
यसदिनपनि बजार दोहोरो अंकले ओरालो लाग्यो । नेप्से १० अंकले ओरालो लागेर ११ सय २ मा आएर थामियो ।
उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६९ अंकले झर्यो । जीवनबिमा समूहपनि ६१ अंकले ओरालो लाग्यो । लघुवित्त, होटल र अन्य समूहपनि दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका ७ लाख कित्ता बराबर सेयर जम्मा २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्