११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


स्तन क्यान्सरको कोषको वास्तविक फोटोहरु सार्वजनिक, (हेर्नोस्, १० तस्वीर)


13
Shares

अब क्यान्सरको कोषको अवस्थानुसार उपचार गर्न सकिने भएको छ । जसबाट स्तन क्यान्सरका रोगीहरुको उपचार थप प्रभावकारी हुनेछ । स्क्यानिङ इलेक्ट्रोन माइत्रलोग्राफ (एसइएम)को सहायताले खिचिएका यी वास्तविक रंगिन फोटोहरु हुन् । जसले तपाइँलाई आश्चर्यमा पार्नेछ ।

चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर)लाई कसरी क्यान्सर कोषहरुले आक्रमण गर्दछ भन्ने अचम्म र आश्चर्य यी फोटोहरु देखाउँछ । सीएआर शरीरको प्रतिरक्षा प्रणालीको टी कोषसँग सम्बन्धित छ । जहाँ बिरामीको क्यान्सरका कोषहरुले चिनेर हमला गर्छन् र आफूजस्तै बनाइदिन्छन् ।

केलीडोस्कोपिक आकृतिलाई क्यान्सरका कोषहरु र टी कोषहरुलाई नांगो आँखाले प्रस्ट देख्नसक्ने बनाउनका लागि वैज्ञानिकहरुले फोटोको आकृति दुई हजार गुणा बढाइदिएका छन् ।

यी फोटोहरु वैज्ञानिकहरुको समूह ‘स्टुडियो आइ अफ साइन्स’ले तयार गरेको हो । स्तन क्यान्सरका बिरामीको लगभग तीन थरिका शल्यक्रियामार्फत् उपचार गर्ने गरिन्छ ।

 माथि चित्रमा देखिएअनुसार उपचारकाक्रममा स्तन क्यान्सर कोष (हरियो)ले चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष (सुन्तला रङ)लाई आक्रमण गरिरहेको छ ।

 

माथि चित्रमा चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष (रातो) लाई जब निकालिन्छ, तब बिरामीको क्यान्सर कोष (वैजनी)ले पहिचान गरेर आक्रमण गर्दछ ।

 

माथि चित्रमा चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष (पहेंलो)ले बिरामीको क्यान्सर कोष (पिंक)को आक्रमणबाट प्रतिरक्षा गरिरहेको छ ।

 

स्तन क्यान्सर कोष (गुलाबी) र चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष (पहेंलो)लाई नांगो आँखाले हेर्नको लागि २६ हजार गुणा ठूलो गरिएको हो ।

 

५० वर्षको महिलालाई स्तन क्यान्सर कोष (हरियो)ले चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष (सुन्तला रंङ)लाई गर्ने आक्रमण ।

 

स्तन क्यान्सर कोष (गुलाबीे)ले चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष (पहेंलो )लाइसमेत आक्रमण गर्दछ ।

 

स्तन क्यान्सर कोषमात्र नभइ ल्युकेमिया क्यान्सर कोष (रातो)ले चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष (पहेंलो)लाई गर्ने आक्रमण ।

 

२४ सय गुणा बढाइएको स्तन क्यान्सर कोष (गुलाबी) ।

 

ज्वालामुखीय आकारको स्तन क्यान्सर कोष हरियो छ, जसमा माथिबाट चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष पहेंलो निस्केर गएको छ । यसलाई घातक ट्युमरको लक्षण मानिन्छ ।

 

माथिबाट चिमेरिक एन्टिजेन रिसेप्टर (सीएआर) टी कोष सुन्तला रङले स्तन क्यान्सर कोष हरियोलाई चिनेर उपचार गरिन्छ, जसबाट ट्युमरको आकार बढ्न पाउँदैन् ।

(एजेन्सी)