Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


‘सरकारले एक वर्षको अवधिमा आशा जगाउने काम गर्न सकेन’


0
Shares

काठमाडौं, फागुन १२ । दुईतिहाइ सरकारको एक वर्षको अवधिमा सरकारी कामको अनुभव गर्न नपाएको निजी क्षेत्रले जनाएको छ ।

न्यूनतम् पाँच वर्षको स्थायी सरकारको पहिलो वर्षमा नै आशा जगाउनेखालको काम गर्ने अपेक्षा गरिएपनि त्यो हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले एक वर्ष पूरा भइसक्दापनि कर प्रणालीमा अझै द्विविधा, नीतिगत सुधार अझै आवश्यक रहेको बताइन् ।

जग्गा एवं ब्याजदरमा पनि सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

लगानीमैत्री वातावरणका लागी केही नीतिगत व्यवस्था गरिएपनि कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताइन् ।

आसन्न लगानी सम्मेलनले उद्योगहरुको विकासमा सहयोग पुग्ने तथा वैदेशिक लगानी भित्र्याउनसक्ने भएकाले जग्गा, ब्याजदरको समस्यालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

कर प्रणालीमा भएको समस्या सम्बोधन गर्न ढिलाइ गर्न नहुने, लगानी प्रणालीलाई सुधार गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ ।